
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् ।
उनले ४० वर्षमुनिको राजधानी विशेष कोटाबाट उम्मेदवारी दिँदै १६६८ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी ईं. राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।
स्थानीय निर्वाचनअघि मेयरमा स्वतन्त्र उम्मेदवारीको तयारी गरेकी डंगोललाई एमालेले उपमेयरको टिकट दिएपछि उनी अत्यधिक मतका साथ विजयी भएकी थिइन् ।
त्यसयता उनी पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन् ।