
काठमाडौं : नेकपा (एमाले) महासचिवमा पराजित सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि हार बेहोरेका छन् ।
पार्टीको ११औं महाधिवेशनमा उनले महासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
तर, उनी दुवै पदमा पराजित भएका छन् । पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका हुन् ।