२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथमा पोखरेल र पाण्डे अनुपस्थित

shivam cement
२०८२ पुष ३ गते १८:१३
Shares
एमाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथमा पोखरेल र पाण्डे अनुपस्थित

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनबाट तेस्रो पटक लगातार अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।

शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले उनलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए । 

ओली यसअघि २०७८ को चितवन महाधिवेशन र २०७१ को काठमाडौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

यसै अवसरमा केन्द्रीय पदाधिकारी र सदस्यहरूले पनि शपथ लिएका छन् ।

शपथग्रहणको अवसरमा अध्यक्ष ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेल उपस्थित भएनन् । त्यस्तै महासचिवमा पराजित सुरेन्द्र पाण्डे पनि देखिएनन् ।

सम्बन्धित खबर