२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

shivam cement
२०८२ पुष ३ गते २१:०३
Shares
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँबराबरको प्रतिसेयर १ सय रुपैयाँको दरले ७५ लाख हजार कित्ता साधारण सेयरको १ : ०.६ को अनुपातमा ४५ करोड ६० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस्तै, बिहीबार मुक्तिनाथ कृषि कम्पनीमा एक कार्यक्रमबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य शृंखला व्यवस्थापकका रूपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरूका लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादन उपलब्ध गराउनेसम्बन्धी व्यवसाय गरिरहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिस्ट्रेसन र निष्कासन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।

सम्बन्धित खबर