२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिटिजन्स सन्तुलित योजनाका लागि आवेदन खुला

shivam cement
२०८२ पुष ३ गते २१:०७
Shares
सिटिजन्स सन्तुलित योजनाका लागि आवेदन खुला

काठमाडौं : नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेर सिटिजन्स सन्तुलित योजनाका लागि आवेदन खुला भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत चौथो बन्दमुखी योजनाका लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । योजना पुस ४ गतेदेखि ८ गतेसम्म इकाई बिक्रीका लागि खुला रहनेछ । 

सिटिजन्स सन्तुलित योजना म्युचुअल फन्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्ने अवसरका रूपमा हेरिएको छ । यस योजनाले सेयर तथा डिबेन्चरमा लगानी गर्दै नाफा र जोखिमको सन्तुलन कायम राख्ने लक्ष्य छ ।  हाल नेप्से इन्डेक्स तल्लो तहमा रहेको हुँदा लगानीकर्ताले योजनाबाट राम्रो प्रतिफल आर्जन गर्ने सम्भावना बढी रहने अनुमान गरिएको छ । योजना व्यवस्थापकको अनुभव र राम्रो वार्षिक लाभांश प्रदान गर्ने क्षमताले यस योजनामा लगानी उचित हुने धारणा बनाएको छ ।

इकाई खरिदका लागि इच्छुक व्यक्तिले आफ्नो मेरो सेयर खातामार्फत आवेदन दिन सक्नेछन् । साथै, सी–आस्वा (सदस्य बैंक तथा वित्तीय संस्था) र तिनका तोकिएका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिनेछ । न्यूनतम १ सय इकाइ र अधिकतम १ लाख इकाइ खरिद गर्न सकिने प्रावधान छ, जसको मूल्य प्रतिइकाइ १० रुपैयाँअनुसार न्यूनतम १ हजार र अधिकतम १० करोड रुपैयाँसम्म हुनेछ । यस योजनाको औसत वार्षिक प्रतिफल १४ प्रतिशत हुने अनुमान कम्पनीले गरेको छ । सिटिजन्स क्यापिटलले इच्छुक लगानीकर्तालाई १ हजारदेखि २ लाख इकाइसम्म आवेदन सुझाव दिएको छ । 

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फन्ड सेवा विस्तार गर्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ छन् ।

सम्बन्धित खबर