
काठमाडौं : नेपाल बैंकले डिजिटल बैंकिङ कारोबार प्रवर्धन गर्ने उद्देश्यसहित ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकलाई लक्षित पुस महिनाभर लागू हुनेगरी अभियान सुरु गरेको हो ।
ब्रान्ड प्रवर्धन तथा डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धि गर्ने लक्ष्यका साथ सुरु भएको अभियानअन्तर्गत मोबाइल तथा डिजिटल माध्यम प्रयोग गरी टप अप गर्ने ग्राहकले बोनस पाउनेछन् ।
अभियानअन्तर्गत न्यूनतम २ सय रुपैयाँ वा सोभन्दा बढी रकमको एनबिएल मोबाइल बैंकिङ एपमार्फत टप अप गर्नेहरूमध्ये ८० जना भाग्यशाली ग्राहकलाई जनही १ सय रुपैयाँका दरले बोनस प्रदान गरिने व्यवस्था गरिएको छ । बोनस प्राप्त गर्ने ग्राहकको घोषणा अभियान अवधि समाप्त भएपछि गरिने बैंकले जनाएको छ ।