
काठमाडौं : सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पशुपति भेन्चरका तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले पशुपति भेन्चरको सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् बिक्री प्रबन्धकको कार्य गर्नेछ । पशुपति भेन्चर लिमिटेड एक इन्भेस्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ ।
यस कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी तथा माया खोला हाइड्रोपावर कम्पनीलगायतका जलविद्युत् कम्पनीहरूले आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आइरहेको छ ।