
काठमाडौं : श्रम संस्कृति पार्टीका संयोजक तथा धरान उपमहानगरका मेयर हर्कराई राई (साम्पाङ)ले विदेशी ऋणमा निर्भर शासन प्रणालीका कारण नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको टिप्पणी गरेका छन् ।
बुटवलमा आयोजित आमसभामा उनले साना–ठूला आयोजनाका लागि पनि विदेशीसँग ऋण माग्नुपर्ने अवस्थाले राष्ट्रियता कमजोर बनेको बताए ।
देश विकास गफ र ऋणले नभई श्रमबाट हुने भन्दै उनले हप्तामा एक दिन देशका लागि श्रमदान गर्नुपर्ने धारणा राखे ।
चीन, जापान र कोरियाको विकास जनश्रमकै परिणाम भएको उल्लेख गर्दै सबैले काम गर्ने संस्कार अपनाउनुपर्ने उनले जोड दिए ।
चुनाव जितेर सरकारको नेतृत्व गरेपछि एक रुपैयाँ भ्रष्टाचार प्रमाणित भए देश छाड्न तयार रहेको पनि राईले बताए ।