२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेसका शीर्ष नेताहरूले गरेनन् प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

shivam cement
२०८२ पुष ६ गते १५:४९
Shares
कांग्रेसका शीर्ष नेताहरूले गरेनन् प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधिसभा (संसद्) पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् । यद्यपि निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहितका सांसदहरूले सर्वोच्च अदालतमा दायर रिटमा पक्ष कायम गर्न हस्ताक्षर गरेका छन् । 

कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आइतबार दिउँसोसम्म ६६ जनाले हस्ताक्षर गरिसकेको संसदीय दल कार्यालय स्रोतले जनाएको छ । तर, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन् । 

केन्द्रीय समिति बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि पनि हस्ताक्षर संकलन जारी रहेको बताइएको छ । यसअघि बैठककै क्रममा हस्ताक्षर संकलन सुरु भए पनि शीर्ष नेतृत्वको आग्रहपछि प्रक्रिया रोकिएको थियो । 

गत भदौ २३ र २४ को जेनजी आन्दोलनले कांग्रेस–एमाले लगायत केही साना दलहरूको नेतृत्वको सरकार ढलाएको थियो । त्यसपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएसँगै मौजुदा संसद् विघटन गरिएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद् विघटन गरेका थिए । यससँगै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ ।

सम्बन्धित खबर