
काठमाडौं : नेपाली कांग्रेसमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया चलिरहेका बेला महामन्त्री गगनकुमार थापाको नाम सबैभन्दा धेरै जिल्लाबाट सिफारिस भएको छ । तेह्रथुमबाट एकल सिफारिस भएका थापासँगै कोशी प्रदेश समितिले सीता गुरुङको नाम पनि केन्द्रमा पठाएको छ ।
प्रदेश उपसभापति रमेशजंग रायमाझीले महामन्त्री पक्षले ‘स्टन्ट’ गरेको आरोप लगाउँदै उम्मेदवार सिफारिस आफ्नै क्षेत्रमै सीमित हुनुपर्ने बताए । यसअघि जिल्लाबाट गुरुङको नाम सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको दाबी गरिएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि तेह्रथुम कांग्रेसले प्रत्यक्षतर्फ थापाको र समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरेको छ ।