२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रास्वपा केन्द्रीय समितिको बैठक जारी 

shivam cement
२०८२ पुष ६ गते १७:३१
Shares
रास्वपा केन्द्रीय समितिको बैठक जारी 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको प्रवक्ता मनिषा झाले जानकारी दिए । 

उनका अनुसार रास्वपा सभापति रवि लामिछानेको अध्यक्षमा बैठक सुरु भएको हो । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनी शुक्रबार धरौटीमा थुनामुक्त भएका छन् । 

थुनामुक्त भएलगत्तै आइतबार पहिलो पटक बैठक बौलाइएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्दैछन् । शुक्रबार उच्च अदालत बुटवल इजलासले लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

थुनामुक्त भएको भोलिपल्ट उनी आफ्‌नै निर्वाचन क्षेत्र चितवन–२ मा पुगेर सम्बोधन गरेका थिए । त्यहाँबाट फर्किएका उनले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका थिए ।

सम्बन्धित खबर