२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- निर्वाचनका लागि तत्काल शीर्ष नेताहरूसँग छलफल गर्नुस्

shivam cement
२०८२ पुष ७ गते १६:३०
Shares
प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- निर्वाचनका लागि तत्काल शीर्ष नेताहरूसँग छलफल गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएको छ । 

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन् ।

उनले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न ढिलाइ गर्न नहुने बताए ।

उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने उनले बताए ।

उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए । तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठ्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाइ थियो । 

सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर कुनैपनि गतिविधि अघि बढाउन नसकिने पनि बताए ।

सम्बन्धित खबर