२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

थाइल्यान्ड र कम्बोडिया वार्ता गर्न सहमत

shivam cement
२०८२ पुष ७ गते १९:०३
Shares
थाइल्यान्ड र कम्बोडिया वार्ता गर्न सहमत

कोलालम्पुर : थाइल्यान्ड र कम्बोडियाबीचको घातक झडप रोक्ने उद्देश्यले मलेसियामा भएको क्षेत्रीय बैठक पछि कम्बोडिया यस हप्ता सीमा वार्ता गर्न सहमत भएको थाइल्यान्डका शीर्ष कूटनीतिज्ञले सोमबार बताएका छन् ।

यस महिना थपिएको नयाँ विवादले यस अघिको युद्धविरामलाई उल्लंघन गरेको छ भने थाइल्यान्डमा कम्तिमा २३ जना र कम्बोडियामा २० जनाको मृत्यु भएको छ । यसै गरी  दुवै पक्षका नौ लाखभन्दा बढी विस्थापित भएको अधिकारीहरूले बताएका छन् । 

दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान)का आफ्ना समकक्षीहरूसँगको बैठकको अन्त्यमा कम्बोडिका विदेश मन्त्री सिहासाक फुआंगकेटकोले द्विपक्षीय वार्ताको घोषणा गरेका छन् । उनले क्वालालम्पुरमा पत्रकारहरूसँगकोको साक्षातकारमा कम्बोडियन पक्षको प्रस्तावमा छलफल बुधवार जेबीसी, संयुक्त सीमा समितिको ढाँचामा हुने बताएका छन् । 

नोम पेन्हबाट भने तत्काल कुनै टिप्पणी आएको छैन । सिहासकले आगामी बैठकले तुरुन्तै युद्धविराम गराउन नसक्ने चेतावनी दिएका छन् । सोमबारको बैठक आसियान अध्यक्ष मलेसियाले बोलाएको थियो, जसले अक्टोबरको अन्त्यमा शिखर सम्मेलनको आयोजना गरेको थियो जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तत्वावधानमा युद्धविराम घोषणामा हस्ताक्षर गरिएको थियो ।

सोमबारको बैठकको सुरुमा बोल्दै मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले सहभागी प्रतिनिधिहरूलाई यस मामिलामा तत्काल ध्यान दिन आग्रह गरेका छन् । यस अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भने कि आसियानको कर्तव्य तथ्यहरू प्रस्तुत गर्नु र थाइल्यान्ड र कम्बोडियलाई शान्ति सुरक्षित गर्न आवश्यक दबाब दिनु भएको उल्लेख गरेका छन् । 

नोम पेन्हको रक्षा मन्त्रालयले थाइल्यान्डले कम्बोडियाको क्षेत्रमा तोपको गोली प्रहार गरेको आरोप लगाउँदै सोमबार पनि आक्रमण जारी रहेको बताएको छ । आक्रमणमा एक चिनियाँ नागरिक घाइते भएको कम्बोडियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बेइजिङले सोमबार एक विज्ञप्तिमा दुवै पक्षले सीमामा शान्ति र स्थिरता कायम गर्न अगाडि बढ्ने सकेसम्म चाँडो युद्धविराममा आउने आशा व्यक्त गरेको थियो । प्रत्येक पक्षले आत्मरक्षा र नागरिकहरूमाथि आक्रमणको व्यापारिक आरोप लगाउँदै नयाँ झडपहरू भड्काएकोमा एक–अर्कालाई दोष दिएका छन् । –रासस/एएफपी

ताजा खबर

सम्बन्धित खबर