२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

shivam cement
२०८२ पुष ८ गते १३:५२
Shares
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । 

बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा १५औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न भएको छैन । जसका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ ।

सम्बन्धित खबर