
काठमाडौं : नेकपा (एमाले)ले चुनावी वातावरण बने चुनावमा सहभागी हुन तयार रहेको जनाएको छ ।
मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा पुगेको सरकारी टोलीसँगको भेटमा महासचिव शंकर पोखरेलले सरकारलाई निष्पक्ष वातावरण तयार गर्न आग्रह गरे ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले एमालेले स्पष्ट रूपमा चुनावमा जाने प्रतिबद्धता जनाएको जानकारी दिए ।
सरकारले स्वतन्त्र र धाँधलीरहित निर्वाचन गराउने वातावरण बनाउने र मुलुक अब चुनावतर्फ अघि बढिसकेको पनि उनले बताए ।