
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ तथा वैकल्पिक शक्तिसँग सहकार्यका लागि संवाद सुरु गरेको बताएका छन् ।
सोही क्रममा सोमबार राति काठमाडौं महानगरका प्रमुख बालेन शाह (बालेन)सँग छलफल भएको उनले जानकारी दिए ।
बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको भन्ने प्रश्नमा उनले त्यस्तो चरणमा नपुगेको स्पष्ट गर्दै पहिले आपसी बुझाइ आवश्यक रहेको बताए ।
साथै, उनले आगामी दिनमा सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्ने तयारी रहेको जनाए ।
लामिछाने गत शुक्रबार जेलमुक्त भएका थिए । उनले जेलमुक्त भएसँगै राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।