२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीको स्थान हदबारे सरकार लचक हुनसक्छ : मन्त्री खरेल 

shivam cement
२०८२ पुष ८ गते १६:०१
Shares
ओलीको स्थान हदबारे सरकार लचक हुनसक्छ : मन्त्री खरेल 

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले नेकपा (एमाले) पनि चुनावका लागि तयार भएको बताएका छन् । 

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको मंगलबार अवलोकनपछि बोल्दै मन्त्री खरेलले भने, ‘एमालेसँगको भेटघाट चाहीँ चुनावउन्मुख भएको र चुनावको लागि एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुरामा त्यही रूपमा तयारी अगाडी बढाएको हिसाबले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडी बढ्यो ।’

एमाले तर्फबाट चुनाव वातावरण बनाउन आग्रह आएको उल्लेख गर्दै उनले निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने बताए । उनले नेताहरूलाई स्थानहद तोकिएको विषयमा आयोग र सरकार पनि लचक हुन सक्ने बताए । 

‘जहाँसम्म स्थानहदका कुरा छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौं भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्त्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराको सन्दर्भमा यी महत्त्वपूर्ण कुरालाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ,’ उनले भने । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर