२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

देशलाई अभिभावकको खाँचो छ : शेखर कोइराला

shivam cement
२०८२ पुष ८ गते १६:३३
Shares
देशलाई अभिभावकको खाँचो छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताएका छन् ।

कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताए ।

उनले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताए । उनले राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताए । उनले देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताए । जेनजी आन्दोलनमा नेपाली अनुहार भएपनि त्यसभित्रको रुप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताए । 

नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको बताए । अहिले नेपालको राजनीतिमा लोकरिझ्याईंले प्राथमिकता पाएको उनले बताए ।

सम्बन्धित खबर