२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी

shivam cement
२०८२ पुष ८ गते १७:३७
Shares
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी

काठमाडौं : नेकपा (एमाले)ले हालै सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनको सन्देशबारे पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई जानकारी गराएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले मंगलबार ‘भर्चुअल’ बैठक आयोजना गरी महाधिवेशनले एमाले र राजनीतिक दलप्रति जनतामा विश्वास पुनःजागृत भएको र पार्टीको आन्तरिक लोकतन्त्र थप मजबुद हुँदै गएको सुनाए । 

उनले सुरक्षाको प्रत्याभूति र वर्तमान सरकार गठनको संवैधानिक परीक्षण पूरा नभएसम्म अहिले यथास्थितिमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचत सुनिश्चित नभएको पनि बताए । 

उनले पार्टी र पार्टीका नेतृत्वविरुद्ध अनेक षड्यन्त्र भएको जनाउँदै त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । –रासस

सम्बन्धित खबर