
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन मुख्य राजनीतिक दलका शीर्ष नेताबीच सहमति भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशील कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल
‘प्रचण्ड’बीच भएको छलफलमा निर्वाचनका लागि अनुकूल वातावरण तयार पार्ने समझदारी भएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
राष्ट्रपति पौडेलले देशको संवेदनशील परिस्थितिमा निर्वाचन नै उपयुक्त विकल्प भएको भन्दै यसको सफलताका लागि सबै पक्षलाई दायित्वबोध गर्न आग्रह गरेका छन् ।