
काठमाडौं : निर्वाचन आयोगले कानुनी प्रावधानअनुसार विवरण नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र नेपाल समाजवादी पार्टीको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार स्पष्टीकरण माग्दा पनि जवाफ नआएकाले यी दलहरूलाई खारेज गर्ने निर्णय लिइएको हो । निर्णयबारे औपचारिक जानकारी बुधबार गराइने प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।