२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

shivam cement
२०८२ पुष ९ गते १५:१३
Shares
राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले यस्तो बताएका हुन् । उनले आउने प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताए ।

उनले राप्रपाले निर्वाचन गराउनैपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिवद्धता जनाएको पनि बताए । उनले आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे छलफल भएको बताए । 

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरूको कार्यालयमा धाइरहेका छन् ।

सम्बन्धित खबर