२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन भोलि 

shivam cement
अन्जान गुभाजु
२०८२ पुष १० गते १०:४६
Shares
नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन भोलि 

रियाद, साउदी अरव : "राष्ट्रियता, लोकतन्त्र र समाजवाद, देश विकासमा युवाको हात" भन्ने मूल नाराका साथ नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन–२६ डिसेम्बर, शुक्रबारका दिन रियादमा आयोजना हुने भएको छ । प्रवासमा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरूको साझा संस्था जनसम्पर्क समितिले बथास्थित डिमोरा होटलमा एक भव्य समारोहबीच अधिवेशन गर्न लागेको हो ।

यस अधिवेशनको मुख्य आकर्षणको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख श्री किरणराज शर्मा पौडेल रहनेछन् । प्रमुख अतिथि पौडेलकै विशेष उपस्थितिमा संगठनको भावी रणनीति र नयाँ नेतृत्व चयनका विषयमा घनीभूत छलफल हुने आयोजकले जनाएको छ । नेपाली कांग्रेसको वैदेशिक समन्वय विभागको जिम्मेवारी सम्हालेपछि पौडेल पहिलोपटक साउदी अरबको अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउन लागेका हुन् ।

समितिले साउदी अरबमा क्रियाशील विभिन्न संघ-संस्था, व्यवसायी, बुद्धिजीवी, समाजसेवी तथा मिडियाकर्मीहरूलाई उक्त दिन गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ । अधिवेशनको व्यस्तता र समय व्यवस्थापनलाई मध्यनजर गर्दै प्रमुख अतिथि किरणराज शर्मा पौडेलसँग अन्तर्वार्ता लिन चाहने स्थानीय नेपाली सञ्चारकर्मी तथा युट्युबरहरूलाई पहिले नै समितिसँग समन्वय गर्न समेत आग्रह गरिएको छ । 

साथै, सोही दिन अन्य कुनै पनि नेपाली संघ-संस्थाहरूलाई कार्यक्रम नजुधाइदिन समितिले विनम्र अनुरोध गरेको छ । डिसेम्बर २६ को दिउँसो १२ बजेबाट सुरु हुने यस अधिवेशनले साउदी अरबमा रहेका नेपाली कांग्रेसमा आस्थावान् समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर