२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेप्से परिसूचक ४७ अंकले बढ्यो

shivam cement
२०८२ पुष १३ गते १६:१४
Shares
नेप्से परिसूचक ४७ अंकले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।

मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ । –रासस

सम्बन्धित खबर