२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मौलिकतामा रमाएको हाँडीगाउँ

shivam cement
सपना बोहरा
२०८२ पुष १४ गते १२:१०
Shares
मौलिकतामा रमाएको हाँडीगाउँ

काठमाडौंः नेवारी पोशाकमा सजिएर बारा बनाउँदै थिइन् श्याममाया महर्जन । मासको पिठो, मसलामा अण्डा राखेर उनले ग्राहकहलाई बारा खुवाइरहेकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँमा प्रत्येक शनिवार लाग्ने मेला लाग्छ । जहाँ नेवारी पोसाकमा सजिएर नेवारी खानाहरू बनाएर प्रत्येक घर–घरका आँगनमा खुवाउने गरिन्छ । महजनले पनि आफ्नै घरको आँगनमा बारा बनाएर खुवाईरहेकी थिइन् ।

उनीसँगै नेवारी दिदि बहिनी समूह बनाएर कसैले योमरी, मासुका विभिन्न परिकार, सपू म्हिचा लगायत बनाइरहेका थिए । यहाँ शनिबार नेवारी परिकारको स्वाद लिन आउनेहरूको भिड लाग्छ । ‘हप्तामा एक दिन भएपनि आफनो पोशाकमा सजिएर नेवारी परिकार चखाउन पाएका छौँ’, ‘महर्जनले भनिन् । मौलिक परिकार वनाएर खुवाउन पाउँदा खुशी भएको उनले बताइन् । 

हाँडी गाँउका श्याम डंगोलले सपू म्हिचा वनाउँदै थिए । ‘नेवारीको मुख्य परिकार मध्य सपू म्हिचा हो, एक पटक चाखेर जानुस’, मेलामा आउने पाहुनाहरूलाई उनले आँफूले वनाएका परिकारका बारेमा बताउँदै भने । ‘बोन म्यारो राखेर बनाइन्छ, स्वादिष्ट छ’, उनले भने । 

उनले पनि आफ्नो पहिचान र संस्कारअनुसारको परिकार बनाएर बिक्री गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘हामी नेवार समुदायको संस्कार, संस्कृति पनि प्रचार प्रसार हुने’, उनले भने, ‘केही आम्दानी पनि हुन्छ, रमाईलो लागिरहेको छ ।’

काठमाडौं महानगरपालिकाले पछिल्लो दुई वर्षदेखि हाँडी गाँउमा कार फ्री स्याटडे मेला लगाउँदै आएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै मेला स्थगित गरिएको थियो । पुस १२ गतेको शनिवारदेखि उक्त मेला पुनः सुचारु हुन थालेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) ले शनिवार नरः दे हाँडी पुनः सुचारु भएको भन्दै स्वादिष्ट मौलिक नेवारी परिकारहरूको स्वाद लिनुहोला भन्दै फेसबुक मार्फत जानकारी गराएका थिए । मेला पुनः सुरु हुन थालेपछ स्थानियहरू खुशी छन् । शनिबार यहाँका स्थानीयहरू बिहानैदेखि मौलिक परिकार बनाउन जुटिरहेका हुन्छन् ।

काठमाडौं महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र प्रजापतीले लिच्छविकालीन समयदेखि मानव वस्तीको सुरुवात भएकाले त्यसैलाई जीवन्त दिनको लागि मेलाको आयोजना गरीएको बताए । ‘लिच्छविकालका शिलालेख, पूर्वाधार, पौवा, पाटी लगाएतका मौलिक संस्कारलाई जीवन्त दिनको लागि मेला सञ्चालन गरेका छौँ’, उनले भने ,‘प्रत्येक शनिबार दिनको २ बजेदेखि साँझ आठ बजेसम्म मेला सञ्चालन हुन्छ ।’ 

यसबाट स्थानीयहरूको आयमा सहयोग पुग्न थालेको उनले बताए । मेलामा हाँडीगाउँको मौलिक जीवन पद्दतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव हुने गर्छ ।

समुह बनाएर नेवार समुदायको संस्कार, संस्कृति, परिकार लगाएतका प्रदर्शन गर्ने गरेको उनले बताए । शनिबार सो क्षेत्रमा सवारीसाधनलाई प्रवेश निषेध गरेर मेला लाग्ने गर्छ । मेलाको दिन विशेषगरि यस ठाउँमा हावाको चर्चा हुने गर्छ । काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउन यहाँ हरेक शनिवार यसबारे छलफल हुने गरेको छ । 

वायु प्रदूषण बढाउनेमा मुख्य भूमिका सवारी साधनले खेलेको हुन्छ । सवारी साधानको प्रयोग कम गराउने, सवारी साधन प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप अभियानले सञ्चालन गरिरहेको छ । वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटाल टोल भवरकुँसम्म सडक खण्डमा हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ ।  

हाँडीगाउँमा विशेषगरी कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ ।
 

सम्बन्धित खबर