२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पूर्वगृहमन्त्री लेखक बयान दिन उपस्थित 

shivam cement
२०८२ पुष १४ गते १३:२९
Shares
पूर्वगृहमन्त्री लेखक बयान दिन उपस्थित 

काठमाडौंः नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । 

आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । सुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुगेका हुन् । गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र भएको क्षतिको छानबिन गरिरहेको छ । 

आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । शान्तिसुरक्षाको जिम्मेवारी उनीमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।
 

सम्बन्धित खबर