२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

स्थानहद र राहदानी रोक्का गरेकोमा लेखकको आपत्ति

shivam cement
२०८२ पुष १४ गते १५:५९
Shares
स्थानहद र राहदानी रोक्का गरेकोमा लेखकको आपत्ति

काठमाडौं : पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता रमेश लेखकले आफूलाई काठमाडौं उपत्यकाभित्र स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा आपत्ति जनाउँदै कुनै जानकारी नदिइएको बताएका छन् । भदौ २२–२३ को घटनासम्बन्धी जाँचबुझ आयोगमा लिखित बयान दिँदै उनले विधिको शासनमा आफ्नो अटल विश्वास रहेको उल्लेख गरे । 

सञ्चारमाध्यमबाट मात्रै यस्तो निर्णयको जानकारी पाएको र कारण, अवधि तथा कानुनी आधारबारे कुनै लिखित वा मौखिक सूचना नदिइएको भन्दै उनले आपत्ति जनाएका छन् । 

लेखकले यसअघि वा पछि आफूलाई सोधपुछ गर्ने अवसर नदिइनु स्वच्छ सुनुवाइ र संविधानविपरीत भएको बताए । साथै, जेनजी आन्दोलनमा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको र त्यस्तो आदेश दिने कानुनी व्यवस्था पनि नरहेको दाबी गरे । 

आन्दोलनका क्रममा आफ्नो घरसहित निजी सम्पत्तिमा आगजनी भएको, आमालाई उपचारका क्रममा जोगाउन नसक्दा निधन भएको र ऐतिहासिक दस्तावेज तथा पुस्तक नष्ट भएको पीडा व्यक्त गर्दै पनि उनले व्यक्तिगत पीडाभन्दा देशको हितलाई प्राथमिकता दिएको बताएका छन् ।

सम्बन्धित खबर