
काठमाडौं : निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ट र तथ्यपरक ढंगले अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन् ।
आयोगसमक्ष बयान दिएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा लेखकले पूर्वाग्रहरहित रूपमा सूक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पार्न आग्रह गरे ।
आवश्यक परेमा पुनः बयान दिन तयार रहेको उल्लेख गर्दै उनले आफू जवाफदेहीतामा विश्वास गर्ने बताए ।