
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन् ।
भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको निर्वाचन र अन्य गतिविधिलगायत विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गरेका थिए ।