२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

उच्च पहाडी र हिमाली ठाउँमा वर्षा र हिमपातको सम्भावना

shivam cement
२०८२ पुष १५ गते १०:०३
Shares
उच्च पहाडी र हिमाली ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : आज देशका उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार उच्च क्षेत्रमा कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

भोलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अझै केही दिन तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ ।

तराईमा बढेको चिसोले जनजीवन प्रभावित हुँदै आएको छ । तर महाशाखाले शीतलहरूको आधिकारिक घोषणा भने गरिसकेको छैन । काठमाडौँ उपत्यकामा अहिले बिहान हुस्सु लागे पनि दिउँसो मौसम सफा रहनेछ । आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएको छ ।

सम्बन्धित खबर