२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

लेखकको बयान सन्तोषजनक नभएको आयोगको निष्कर्ष, पुनः बोलाइने 

shivam cement
२०८२ पुष १५ गते १५:४०
Shares
 लेखकको बयान सन्तोषजनक नभएको आयोगको निष्कर्ष, पुनः बोलाइने 

काठमाडौं : भदौ २३ र २४ को जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । आयोगका अनुसार लेखकको बयान अझै बाँकी छ र पूरक प्रश्नका लागि फेरि बोलाइनेछ ।

लेखकले सबै प्रश्नको जवाफ दिइसकेको दाबी गर्दै लिखित जवाफ सार्वजनिक गरे पनि आयोगले त्यसलाई अस्वीकार गरेको छ । आयोग स्रोतका अनुसार उनका जवाफ एकतर्फी र अस्पष्ट छन् । स्पष्टता नआए प्रतिवेदनमा दोषी ठहर गर्न सकिने संकेत आयोगले दिएको छ ।

लेखकको बयान सकिएपछि मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाइनेछ । आयोगको मुख्य उद्देश्य जेनजी आन्दोलनका घटनामा दोषी किटान गर्नु रहेको बताइएको छ । 

आयोगले सोमबार लेखकसँग बयान लिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर