२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी

shivam cement
२०८२ पुष १६ गते १४:२३
Shares
पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी

तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अवधिमा राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सिफारिसलगायत गरी उक्त सङ्ख्यामा सेवा प्रदान गरिएको जानकारी दिए । उनका अनुसार १८ हजार १९५ जनालाई राष्ट्रिय परिचयपत्र, ११ हजार ३१६ जनालाई नागरिकता, १० हजार ४६६ जनालाई राहदानी, एक हजार ९९८ जनालाई सिफारिस र प्रमाणीकरण, ८६० जनालाई गुनासो सम्बोधन, ३४२ जनालाई नाबालक परिचयपत्र सेवा प्रदान गरिएको छ ।

नौ महिना तनहुँ बसाइपछि सिन्धुपाल्चोक सरुवा भएका प्रजिअ अधिकारीले यस अवधिमा पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासो सम्बोधन, ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण, गुनासो सम्बोधन, एमसिए नेपालको मुआब्जा निर्धारण तथा विवाद समाधान, विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विवाद समाधानमा काम गरेको जानकारी दिए ।

आज आयोजित सञ्चार कर्मीसँगको भेटघाटमा उनले एकीकृत जिल्ला सुरक्षा योजना, चाडपर्व लक्षित सुरक्षा योजना, एकीकृत जिल्ला निर्वाचन सुरक्षा योजना तर्जुमा, मतदान केन्द्रहरूको पुनरावलोकन तथा दुई मतदान स्थल थप, सामाजिक समस्या न्यूनीकरणका प्रयास गरिएको बताए ।

तनहुँ बसाइँका क्रममा सबै राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मी, कर्मचारीहरूबाट प्राप्त सहयोगले काम गर्ने ऊर्जा मिलेको प्रजिअ अधिकारीको भनाइ छ । यस अवधिमा रु. दुई करोड १४ लाख २७ हजार ९८५ राजस्व संकलन भएको छ ।

ताजा खबर

सम्बन्धित खबर