
काठमाडौँ : नेपालबाट सन् २०२५ मा १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् । सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ ।
विदेशी नागरिकहरू अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरूलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।
यस्तै, नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् ।