
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छिन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन् ।
भेटमा प्रसाईं समूहले मंसिर ६ गतेदेखि उठाउँदै आएका मागहरूको कार्यान्वयनबारे छलफल भएको जनाइएको छ । यसअघि पनि सरकार र उक्त समूहबीच पटक–पटक वार्ता हुँदै आएको छ ।
तर सरकार र वार्ता समूह हालसम्म टुंगोमा पुग्न सकेको छैन ।