२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

नयाँ वर्ष २०२६ मनाउन नेपाल भित्रिने भारतीय पर्यटकको गौर नाकामा घुइँचो

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष १७ गते १५:१५
Shares
नयाँ वर्ष २०२६ मनाउन नेपाल भित्रिने भारतीय पर्यटकको गौर नाकामा घुइँचो

रौतहट : इस्वी सम्वतको नयाँ वर्ष २०२६ लाई भव्य रूपमा मनाउन छिमेकी मुलुक भारतबाट ठुलो संख्यामा पर्यटकहरू नेपाल भित्रिएका छन् ।

नयाँ वर्षको अवसरमा नेपालका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण र मनोरञ्जनका लागि आउने भारतीय पर्यटकका कारण रौतहटको सदरमुकाम गौरस्थित भन्सार कार्यालयमा सवारीसाधनको अत्यधिक चाप देखिएको हो । 

बुधबार र बिहीबार बिहानैदेखि गौर भन्सार नाकामा भारतीय पर्यटक बोकेका सवारीसाधनहरूको लामो लाइन लागेको थियो । रौतहटको गौर नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरू विशेषगरी रौतहटकै धार्मिक तथा प्राकृतिक स्थलहरूका साथै सदरमुकाम गौरमा रहेको झुलुङे पुल, बरहवा ताल, मकवानपुरको हेटौँडा, चितवनको सौराहा र काठमाडौंसम्म पुग्ने योजनामा रहेका छन् ।

भारतीय पर्यटकहरूले नेपाल सरकारको नियमानुसार लाग्ने राजस्व (भन्सार महसुल) तिरेर आफ्ना सवारीसाधनसहित नेपाल प्रवेश गरिरहेका छन् । पर्यटकहरूको चाप बढेसँगै गौर भन्सार कार्यालयको राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको हो । भंन्सार प्रक्रियालाई सहज बनाउन कर्मचारीहरूलाई अतिरिक्त समय खटाइएको छ ।

भ्रमणमा आएका पर्यटकहरूले रौतहटको ऐतिहासिक नुनथर क्षेत्र, चन्द्रपुरस्थित पर्यटकीय पार्कहरू र बागमती किनारका पिकनिक स्पोर्टहरूमा रमाइलो गर्ने बताएका छन् । यस्तै, धेरैजसो पर्यटकहरू हिउँदको यो मौसममा नेपालको प्राकृतिक दृश्य र यहाँको आतिथ्यको आनन्द लिन परिवारसहित आएका छन् ।

एक भारतीय पर्यटकका अनुसार, ‘नयाँ वर्ष मनाउन नेपालका पहाडी र वनस्पतिले भरिएका ठाउँहरू निकै शान्त र रमाइलो हुने भएकाले हामी सधैं नेपाल आउन रुचाउँछौं ।’

पर्यटकहरूको सुरक्षा र यातायात व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले सीमा क्षेत्र र मुख्य सडकहरूमा सुरक्षा सतर्कता बढाएको हो । सीमा नाकामा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा विशेष ध्यान दिएको हो ।

नेपाल–भारत खुला सीमाका कारण नयाँ वर्ष र यस्ता विशेष अवसरहरूमा तराईका नाकाहरूबाट हजारौंको संख्यामा पर्यटक भित्रिने गरेका छन्, जसले स्थानीय व्यापार र होटल व्यवसायलाई समेत चलायमान बनाएको हो ।

ताजा खबर

सम्बन्धित खबर