
काठमाडौं : गत भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीले चिठी पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान भने सकिइसकेको उनले बताए ।
तीन महिनाको म्यादमा काम नसकिएपछि आयोगको समयसीमा एक महिना थप गरिएको छ । आयोगले थपिएको समयभित्र प्रतिवेदन बुझाउने जनाएको छ ।
ओलीले बयान नदिने बताउँदै आएका सन्दर्भमा ‘नआए के हुन्छ ?’ भन्ने प्रश्नमा अध्यक्ष कार्कीले ‘त्यो बेला थाहा हुन्छ’ भने ।