२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

काउन्सिल र आयोगबीच सहकार्य गर्ने सहमति

shivam cement
२०८२ पुष १७ गते १७:३८
Shares
काउन्सिल र आयोगबीच सहकार्य गर्ने सहमति

काठमाडौं : पत्रकार आचारसंहिता र सूचनाको हक सम्बन्धमा संयुक्त रूपमा अभिमुखीकरण गर्न बिहीबार राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबीच सहमति भएको छ । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोली र राष्ट्रिय सूचना आयोगमा आयोगको टोलीसँग भएको छलफलका क्रममा यसरी अघि बढ्न दुई बुँदे सहमति भएको हो । 

उक्त सहमतिपत्रमा राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबीच पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना अभिवृद्धि गर्न एकअर्काका कार्यक्रमहरूमा सहकार्य गरी दुवै निकायका विषयवस्तु प्रस्तुत गर्ने सम्बन्धमा समन्वय गरी प्रवर्धनात्मक कार्य सञ्चालन गर्ने तथा सूचनाको हक प्रवर्धन र पत्रकार तथा सञ्चारकर्मी आचारसंहिता कार्यान्वयन गर्ने सम्बन्धमा दीर्घकालीन रूपमा सहकार्य गरी समझदारी गर्न आवश्यक मस्यौदा तयार गरी दुवै निकायबीच आदानप्रदान गर्ने उल्लेख छ । 

उक्त छलफलमा सहमतिका क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. आचार्य, प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारी पौडेल, काउन्सिलका सदस्य बालकृष्ण अधिकारी, आयोगका सचिव दीर्घराज मैनाली, सूचना तथा प्रसारण विभागका महानिर्देशक छबीन्द्र पराजुली, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, आयोगका उपसचिवहरू सन्तोष कुमार दाहाल, देवेन्द्र कार्की र प्रेमचन्द अर्याल उपस्थित थिए ।


 

ताजा खबर

सम्बन्धित खबर