२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

साँखु सालीनदीमा एक महिने माधवनारायण मेला सुरु

shivam cement
२०८२ पुष १९ गते १५:५३
Shares
साँखु सालीनदीमा एक महिने माधवनारायण मेला सुरु

काठमाडौँ : राजधानीको उत्तर पूर्वी भेगस्थित साँखुमा रहेको साली नदीमा एक महिने माधवनारायण मेला सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।

मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ ।

मेलामा साली नदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेष गरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ ।

ताजा खबर

सम्बन्धित खबर