२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पाथीभरा क्षेत्रमा हिमपात

shivam cement
२०८२ पुष १९ गते २२:०६
Shares
पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ ः ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।

‘पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ,’ पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने । 

यसअघि पाथीभरा क्षेत्रमा गत मंसिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो । –रासस 

ताजा खबर

सम्बन्धित खबर