२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भेनेजुएलामा अमेरिकी हस्तक्षेपबारे बोल्यो एमाले

shivam cement
२०८२ पुष २० गते ०९:४३
Shares
भेनेजुएलामा अमेरिकी हस्तक्षेपबारे बोल्यो एमाले

काठमाडौँ : नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ । महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेपको विरोध गरेका हुन् । 

उनले संयुक्त राष्ट्रसङ्घ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन गरेको उल्लेख गरेका छन्  । 

अमेरिकाको यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने भन्दै उनले कडा आपत्ति जनाएका हुन् । 

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले आपत्ति जनाए । उनले यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक रहेकोसमेत औँल्याए ।

ताजा खबर

सम्बन्धित खबर