२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

आजको मौसम : तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना

shivam cement
२०८२ पुष २० गते ०९:५४
Shares
आजको मौसम : तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ  : देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

कोसी प्रदेशका पहाडी तथा हिमाली भू‍–भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति, तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोसी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर