२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बागलुङ सेवा समाज कतारको १४औं अधिवेशनको तयारी अन्तिम चरणमा

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष २१ गते २१:१५
Shares
बागलुङ सेवा समाज कतारको १४औं अधिवेशनको तयारी अन्तिम चरणमा

दोहा, कतार : बागलुङमा जन्मेर कतारमा रही विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको सक्रियतामा स्थापित बागलुङ सेवा समाज दोहा, कतारको १४औं अधिवेशन हुने भएको छ । आगामी शुक्रबार दोहाको अब्दुल अजिजमा अवस्थित घरवा रेस्टुरेन्टको सभा हलमा बिहान एघार बजेबाट अधिवेशन सुरु हुने समाजले जनाएको छ ।

वि.सं. २०६२ साल वैशाख ०२ गते (१५ अप्रिल २००५) मा स्थापना भएको सामाजिक संस्था कतारमा परोपकारी संस्थाको रूपमा परिचित छ । अधिवेशनको घोषणासँगै समाजले साधारण तथा आजीवन सदस्यता समेत खुला गरेको समाजका अध्यक्ष नीराजन गौतमले बताए । गौतमले गृह जिल्लामा निर्माण भएका नौमती बाजा पनि कतारमा भित्र्याएको बताउँदै अधिवेशनका दिनमा विशेष पूजा गरी समुद्घाटन गरिने बताउँदै तयारी अन्तिम चरणमा पुगेको बताए । ऐतिहासिक रूपमा अधिवेशनलाई सम्पन्न गर्न बिशेषत् कतारमा कार्यरत सम्पूर्ण बागलुङवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

कतारमा रहेका प्रदेशस्तरीय संघ संस्थाहरू, जिल्ला संघसंस्थाहरू, जातीय तथा वैचारिक संस्थाहरू, पत्रकार, कलाकार, साहित्यकार तथा समाजसेवीहरूलाई अधिवेशनमा सरिक हुन समाजले आग्रह गरेको छ । समाज कतार बागलुङ जिल्लामा एक परिचित परोपकारी संस्थाको रूपमा विकसित हुँदै गइरहेको छ । जिल्लाभित्र घटेका कुनै पनि दैवी प्रकोपदेखि जुनसुकै आपतविपतमा जिल्लाले सम्झने संस्थाको रूपमा आफ्नो छवि बनाउँदै गइरहेको छ भने बागलुङ सेवा समाज अक्षयकोष कतारको स्थापना गरी जिल्लामा थप परोपकारी कार्यहरू गर्दै आएको छ ।

सम्बन्धित खबर