२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

जाँचबुझ आयोगले लियो बालेनसँग बयान

shivam cement
२०८२ पुष २२ गते १५:२४
Shares
जाँचबुझ आयोगले लियो बालेनसँग बयान

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्चस्तरीय जाँचबुझ आयोगलाई लिखित बयान बुझाएका छन् । आयोगले सोधेका प्रश्नको जवाफमा उनले लिखित बयान दिएका हुन् । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानविन गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई लिखित बयान दिएको आयोग प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार आयोगले बयान लिने काम लगभग सकाएको छ । 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिएको छ ।

आयोगले १ सय ५० जना भन्दा बढी व्यक्तिहरूको बयान लिएको छ । अब आयोगले प्रतिवेदन लेखनमा ध्यान केन्द्रित गर्ने शर्माले बताए ।

सम्बन्धित खबर