२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बालिकालाई करणी गरी हत्या गर्ने एक जना पक्राउ

shivam cement
२०८२ पुष २२ गते १८:२६
Shares
बालिकालाई करणी गरी हत्या गर्ने एक जना पक्राउ

सिरहा : सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला सिँचाइ नहर नजिक एक किशोरीको करणीपछि हत्या गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर २२ गते अपराह्न करिब २ः४५ बजे कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर उत्तरतर्फको झाडीमा कर्जन्हा नगरपालिका–१ बाल्टिया टोलकी करिब १७ वर्षीया बालिकाको मृत शरीर फेला परेको थियो । 

घटनापछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया तथा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–३ बटैया टोल निवासी ४५ वर्षीय राम बालक चौधरीलाई मंसिर २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट भइरहेको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलिएको छ भने दोषीमाथि कडा कारबाहीको माग बढ्दै गएको छ ।

सम्बन्धित खबर