२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

यस्ता छन् कर्णाली सरकारका निर्णय

shivam cement
२०८२ पुष २४ गते ११:३६
Shares
यस्ता छन् कर्णाली सरकारका निर्णय

कर्णाली : कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई रु एक करोड, दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई रु एक करोड र कालिकाखेतु प्राथमिक स्वास्थ्यचौकीका लागि हिमा गाउँपालिकालाई रु एक करोडका लागि बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । 

त्यसैगरी, इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणका लागि रु ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न संघीय सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको उनले बताए । 

उनका अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय भएको छ । 

सम्बन्धित खबर