२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त हो : गृहमन्त्री

shivam cement
२०८२ पुष २४ गते १४:१०
Shares
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त हो : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् ।

मानवअधिकार संगठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् ।

“मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँईदैन,” गृहमन्त्री अर्यालले भने । उनले निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए । 

राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वको लागि एकमात्र विकल्प निर्वाचन भएको बताए । 

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनको वातावरण बनाउन मिडियाले सहयोग गरेका बताइन् ।

सम्बन्धित खबर