२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

shivam cement
२०८२ पुष २४ गते १५:४४
Shares
बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

काठमाडौं : राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए । 

समितिले उक्त छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आमन्त्रण गरेको छ । समितिको बिहीबारको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायनसमेतको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो । 

सो छलफलमा सांसदहरु नरबहादुर विष्ट, सुमित्रा विसी, श्रीकृष्णप्रसाद अधिकारी, गोमादेवी तिमिल्सना, रुक्मिणी कोइरालालगायतले भाग दिएका थिए । –रासस

सम्बन्धित खबर