२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मुसिकोटमा नेकपाको मोटरसाइकल र्‍याली

shivam cement
२०८२ पुष २४ गते १८:४४
Shares
मुसिकोटमा नेकपाको मोटरसाइकल र्‍याली

रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले जिल्ला पार्टी एकताको सन्देश दिने उद्देश्यसहित बिहीबार मुसिकोटमा मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । पुस २६ गते खलङ्गामा आयोजना हुन लागेको पार्टी एकता सन्देश सभाको पूर्वतयारी तथा माहोल निर्माण गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली निकालिएको हो ।

मुसिकोट नगरपालिका–३ अन्तर्गत माछिमीबाट सुरु भएको मोटरसाइकल र्‍याली पिपलनेटा, सेरीगाउँ, बागबजार र खलङ्गा हुँदै सल्लेसम्म पुगेको थियो । त्यसपछि पुनः सेरीगाउँ फर्किएर र्‍याली समापन गरिएको पार्टीले जनाएको छ । 

नेकपाले आयोजना गरेको यस मोटरसाइकल र्‍यालीलाई जिल्ला पार्टी एकताको पूर्वसन्ध्यामा गरिएको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ । र्‍यालीका क्रममा पार्टी एकता, जनताको पक्षमा राजनीतिक स्थिरता र कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउने नाराहरू लगाइएको थियो ।

आगामी पुस २६ गते खलङ्गामा आयोजना हुने पार्टी एकता सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सह–संयोजक माधवकुमार नेपाल सहभागी हुने कार्यक्रम तय भएको छ । उक्त सभामा जिल्लाभरका हजारौं पार्टी कार्यकर्तालाई सहभागी गराउने तयारी भइरहेको नेकपाले जनाएको छ ।

पार्टीका अनुसार एकता सन्देश सभाका लागि मञ्च व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन तथा अन्य प्राविधिक तयारी समेत अन्तिम चरणमा पुगेको छ । जिल्ला पार्टी एकतालाई संस्थागत गर्दै संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित यो सभा महत्वपूर्ण हुने नेकपाले दाबी गरेको छ ।

सम्बन्धित खबर