२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने एक जना पक्राउ

shivam cement
२०८२ पुष २४ गते २१:२९
Shares
बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं : प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।  

पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । मध्यपुर थिमि–२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । –रासस

सम्बन्धित खबर