२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

निर्वाचनका लागि कर्णालीमा ९ हजार ७ सयभन्दा बढी निर्वाचन प्रहरीको माग

shivam cement
२०८२ पुष २६ गते १९:४९
Shares
निर्वाचनका लागि कर्णालीमा ९ हजार ७ सयभन्दा बढी निर्वाचन प्रहरीको माग

कर्णाली : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा ९ हजार ७४३ निर्वाचन प्रहरीको माग गरिएको छ । 

प्रदेशका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्रका लागि ९ हजार ७ सय ४३ प्रहरीको माग भएसँगै दरखास्त आह्वान गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रहरीको माग १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्लामा गरिएको छ । 

सुर्खेतमा १ हजार ६ सय २८, दैलेखमा १ हजार ३ सय ७८, सल्यानमा १ हजार ३ सय १०, कालीकोटमा १ हजार १ सय दुई, जाजरकोटमा ८ सय ८६, जुम्लामा ८ सय ७८, मुगुमा ५ सय ८०, डोल्पामा ५ सय ७९ र हुम्लामा ५ सय ४९ निर्वाचन प्रहरी माग गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए । निर्वाचन प्रहरीको दरखास्त दिन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन भए पनि सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउने प्रबन्ध मिलाइएको उनले जानकारी दिए । 

सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाइएको छ । –रासस

सम्बन्धित खबर